अत्तरिया – पोखरामा हुन गईरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुलाई विदाई गरीएको छ ।

बुधबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले प्रतियोगीतामा सहभागी हुने तेक्वान्दो खेलाडीहरुलाई टिका र खादा सहित विदाई गरेका हुन ।

खेलाडीहरुलाई बिदाई गर्दै नगरप्रमुख भट्टले प्रतियोगीतामा विजय हासिल गरी नगरपालिकाको नाम राख्ने काम खेलाडीहरुले गर्ने विश्वास व्यक्त गरे । उनले खेल र खेलाडीहरुकै माध्यमबाट नगर र राष्ट्रको पहिचान हुने बताउदै खेलाडीहरुलाई अवसरबाट बञ्चित गराउन नहुने बताए ।

उनले गोदावरी नगरपालिका खेल र खेलकुदका क्षेत्रमा कहिल्यै पनि नकारात्मक नहुने बताए ।