कञ्चनपुर – कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नं. १ मा प्रदेशसभातर्फ १ (१)मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा प्रतिनिधिसभामा १० र प्रदेशसभाको दुवै क्षेत्रमा ८/८ जना उम्मेदवार छन् ।
यसैगरी क्षेत्र नं. २ मा प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश १ (१) बाट जीतबहादुर करियाकंग्रहवा र २ (२)बाट जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं. २ मा अब प्रतिनिधिसभामा १० र प्रदेशसभातर्फ दुवै क्षेत्रमा ९÷९ गरि १८ जनाको उम्मेदवारी रहेको छ ।
यसैगरी क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ३ गरी ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा सुनिलकुमार साउदले उम्मेदवारी फिर्ता लिएका हुने भने प्रदेशसभामा ३ (१)बाट कर्ण्बहादुर चन्द, पदमबहादुर लुहार र रामबहादुर जप्रेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।
क्षेत्र नं. ३ मा अब प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ ३ (१) मा ११ तथा ३ (२ ) मा ५ जनाको उम्मेदवारी छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्नसमेत प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद शर्माले बताए ।