अत्तरिया – कैलालीको क्षेत्र नम्बर ४ बाट आईतबार उम्मेदवारी दिएका ४ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह पाएका छन । प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका १ जना र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका ३ जनाले क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह पाएका हुन ।

जसमा प्रतिनिधि सभामा उम्मेदवारी दिएका गोदावरी नगरपालिका – २ निवासी मेखराज जोशीले सुर्यमुखि फूल चिन्ह पाएका छन ।
त्यस्तै प्रदेश सभामा क्षेत्र ‘क’ बाट उम्मेदवारी दिएका प्रेम बहादुर शाहले जेब्रा र भोजराज सापकोटा बिजुलीको चिम चुनाव चिन्ह पाएका छन ।

क्षेत्र ‘ख’ बाट उम्मेदवारी दिएकी भगवती ओझाले भने केराको काइँयो चुनाव चिन्ह पाएकी छिन । क्षेत्र नम्बर ४ बाट ९ उम्मेदवारले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका भएपनि ५ जनाले भने उम्मेदवारी फिर्ता लिएका छन ।
