भगवती भइनन् ब्याक, कैलाली–४ ‘ख’ मा कांग्रेसलाई कांग्रेसकै चुनौती

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएकी भगवती ओझाले आफ्नो उम्मेदवारी यथावत राखेकी छिन । उनले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिने आकलन गरिएपनि उनी टसमस भइनन् । नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधि रहेकी ओझाले उल्टै कांग्रेस पार्टी नै परित्याग गरेको घोषणा गरिन् ।

Karma Consultancy

उनले लामो समय देखि पार्टीमा योगदान दिएको भएपनि आफ्नो उचित मुल्याङ्कन नहुँदा अपमानित भएर बस्तु भन्दा पार्टी परित्याग गरेको बताएकी छिन ।

citizen security services

‘कांग्रेस हँु भन्न डराउने बेलामा हिम्मत र आटका साथ एक्लै भएपनी पार्टीको इमान्दार सिपाही भएर खडा भए । जस्को फल स्वरुप आज हामी गुमनाम हुनु परेको छ । मूल्याकंनको कदर न हुने ठाउँमा बस्न आत्म सम्मानले मानेन र दास भएर बस्नु भन्दा स्वतन्त्र नागरिक भै बस्ने घोषणा गर्दछु र, आजका मिति बाटै नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछु’ उनले सामाजिक संजालबाट लेखेकि छिन ।

attariya hospital

२०३६ सालदेखि कांग्रेसमा संक्रिय पाठकले २०७९ सालको स्थानीय तहको चुनावा पनि आफूमाथि अपमान गरिएको बताएकी छिन । ‘स्थानीय चुनावमा गोदावरी नगरपालिकाबाट उपमेयरको उम्मेदवार बन्नको लागि निर्वाचन कार्यालयमा बोलाए’ उनले भनीन् ‘अन्तमा मलाई ब्याक गरियो । म माथि भएको अन्याय सबैले देखेका छन ।’

उनले आफूले प्रदेश सभामा प्रत्यक्ष वा समानुपातिकमा आफूलाई टिकट दिन अनुरोध गरेपनि पार्टीमा बेवास्ता गरिएको बताईन् । अत्तरिया क्षेत्रमा बिभिन्न संघसस्थाको नेतृत्व गरिसकेकी ओझाले आफु स्वतन्त्रबाटै चुनाव जित्नेमा ढुक्क भएको बताईन् ।

‘महिलालाई यसरी हेपिन्छ भन्ने कुरा महिलाहरुले बुझ्नु हुन्छ । म झन एकल महिला हो । एकल महिलाहरुले पनि यो कुरा बुझ्नु हुन्छ । युवाहरुले पनि मेरो कुरा बुझ्नु हुन्छ’ उनले भनीन ‘म कसैले उस्काएर उस्किने कच्चा बुद्धि भएको मानिस होइन । मेरो आत्माले राम्रै निणय गरेको जस्तो मलाई लागेको छ ।’

उनले अब आफू सबै पार्टीको साझा उम्मेदवार भएको बताईन् । उनले अब हार जित जे भएपनि अब कांग्रेसमा नफर्किने बताईन् ।
कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट ओझा संगै नेपाली कांग्रेसका नेता प्रकाश बहादुर बम, नेकपा एमालेका तर्फबाट हरि सि साउँद, नागरिक उन्मुक्ति पार्टिबाट कमलराज भट्ट र राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बाट प्रकाशदत्त भट्ट चुनावी मैदानमा होमिएका छन ।

प्रदेश सभा सदस्यका मुख्य दाबेदारका रुपमा हेरिएका कांग्रेसका बमलाई कांगेसकै महाधिवेसन प्रतिनिधि रहेकी ओझाले दिएको बागी उम्मेदवारी फिर्ता नलिएपछि चुनौती थपिएको छ । बमका मुख्य प्रतिस्पर्धीका रुपमा रहेका एमालेका हरी सिह साउँद पनि यस क्षेत्रका बलिया उम्मेदवारका रुपमा लिइएको छ ।

कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट कांग्रेसकै टिकादत्त जोशीले पनि बागी उम्मेदवारी दिएका भएपनि उनले भने उम्मेदवारी फिर्ता लिएका छन । ओझालाई उम्मेदवारी फिर्ता लगाउन नेताहरुले धेरै प्रयास गरेपनि उनी भने पछि हट्न नमानेको कांग्रेसका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.