कैलाली – ५ मा कांग्रेसका बागीको उम्मेदवारी कायमै

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट ‘बागी’ उम्मेदवार क्षितिज भण्डारीले उम्मेदवारी कायमै राखेका छन् ।

maya metro hospital

कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले मनोनयन फिर्ता नलिएका हुन ।

joshi vada pasal 2
raunak fals and silling

उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरे पनि आफूले नमानेको उनले बताएका छन् । ‘प्रधानमन्त्रीज्यूसँग पुरानो पारिवारिक सम्बन्ध हो, उम्मेदवारी फिर्ता लिन फोन गर्नु भएको थियो, तर मैले चुनावी मैदानमा होमिएकाले पछि नहट्ने बताएँ,’ भण्डारीले भने, ‘यति लामो समय कांग्रेसमा योगदान गर्दा पनि मेरो कुनै मूल्याङ्कन भएन ।’

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा कांग्रेसबाट कारबाहीमा परेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा डिल्लीराज पन्त र नेकपा एमालेबाट पूर्वमन्त्री नारदमुनि राना उम्मेदवार छन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.