डडेल्धुरा – डडेल्धुरामा नेकपा एमाले र नेपाली कांग्रेस (बीपी) बीच चुनावी तालमेल नहुने भएको छ । एमालेबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवार विक्रम शाहीले उम्मेदवारी फिर्ता नलिने भएपछि कांग्रेस बीपीसँगको तालमेल भाँडिएको हो ।
प्रतिनिधिसभामा कांग्रेस बीपी र दुवै प्रदेशमा एमालेले उम्मेदवारी दिने गरी तालमेलको सहमति भएको थियो । सोही अनुसार प्रतिनिधिसभामा बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल र प्रदेशसभा १ मा पठानसिंह बोहोरा र २ मा गजेन्द्र शाही बनेका छन् । तर अन्तिममा पार्टीबाट टिकट लिएर एमालेका शाहीले प्रतिनिधिसभातर्फ पनि मनोनयन दर्ता गराएका थिए ।
उनको उम्मेदवारी फिर्ता लिने आंकलन गरिएको थियो । आफूले पार्टीको केन्द्रीय निर्णयअनुसार उम्मेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी फिर्ता नलिएको बताए । कांग्रेस बीपीसँग तालमेल गर्ने निर्णय नै नभएको शाहीको दाबी छ । डडेल्धुरामा स्थानीय निर्वाचनमा पनि एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल भएको थियो ।