टीकापुरमा बाढीबाट ७ सय परिवार विस्थापित

टीकापुर – लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै ७ सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु-याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।

Karma Consultancy

बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ । बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ ।

citizen security services

नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्री लगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवाला सँग छलफल गरिएको छ । बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् ।

attariya hospital

बाढीले बढी क्षति वडा नम्बर ५, ६, ७, ८ मा पु¥याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो । टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ ।

बाढीले नागरिक प्रभावित मात्र नभई धानबाली सडेर बोटमै उम्रन थालेको छ । फुल्न थालेको धान पनि सखाप भएको वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । ‘पाकेको धानबाली सबै हावा तथा पानीले ढलेर नास भइसकेको छ । फुलिरहेको धान पनि डुबान तथा पटानले सकियो, नदी बस्तीमा पसेपछि धानबाली रहने त कुरै भएन’, उनले भने ‘प्रभावित नागरिक राहतभन्दा पनि दीर्घकालीन समाधानको माग गर्छन् । त्यहाँ भोकमरी सुरु हुने भएको छ ।’

वडा नं ५ का वडाध्यक्ष बलवीर चौधरी पनि आफ्नो वडामा धानबाली खेतमै उम्रिसकेको बताए । ‘अझै जलमग्न छ । धान खेतमै सडिसक्यो’ उनले भने ‘घरमा पानी पस्यो, घरका सबै सामान नोक्सान भए, खेतमा रहेको धानबाली पनि सखाप भयो । हामीले कसरी स्थानीयवासीलाई सान्तवना दिनु ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.