कैलाली क्षेत्र नम्बर ४ बाट ५ जनाको उम्मेदवारी फिर्ता

अत्तरिया – मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि कैलालीको क्षेत्र नम्बर ४ का उम्मेदवारी दिएका ५ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन । बुधबार उम्मेदवारी फिर्ता गर्न तोकिएको समयभित्र ५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन । उम्मेदवारी फिर्ता लिने सबै प्रदेश सभाका उम्मेदवार रहेको छन । उनीहरु सबैले स्वतन्त्रबाट उम्मेदावरी दिएका थिए । जसमा क्षेत्र ‘क’ बाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद जोशी, खुशीराम चौधरी, टेक बहादुर देउवा र तुलाराम सापकोटा रहेका छन ।

maya metro hospital

त्यस्तै क्षेत्र ‘ख’ बाट टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन । उनले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि १९ गरी २९ जनाले उम्मेदवारी गर्दा गराएका थिए ।

joshi vada pasal 2
raunak fals and silling

५ जना प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसंगै यो क्षेत्रबाट ३ पदका लागि चुनाव लड्नेको संख्या २४ हुने निश्चित भएको छ । निर्वाचन आयोगले बुधबार दिउँसो १ बजे सम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो ।

प्रतिनिधि सभाका लागी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायर, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पर्टीबाट गोबिन्द प्रसाद भट्ट, नागरिक उन्मुक्ती पर्र्टीबाट कइयाँ चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, राप्रपाबाट जय बहादुर धामी, मौलिक जरोकिलो पार्टिबाट चेतराज साउँद, जनता प्रगतीशिल पार्टिबाट मोहनदेव मिश्र, नेपाल संघिय समाजवादी पार्टिबाट भिम बहादुर थापामगर र स्वतन्त्रबाट उम्मेदवारी दिएका गोदावरी नगरपालिका – २ निवासी मेखराज जोशीले चुनाव लड्ने भएका छन ।

प्रदेश सभा ‘क’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका दिर्घ सोडारी, नेकपा एमालेबाट भिम बहादुर देउवा, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्र प्रसाद देवकोटा, राप्रपाबाट तिलक बहादुर महत, नेपाल लोकतान्त्रीक पर्टीबाट मणिराम चौधरी, मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी, नेष्नालिष्ट पिपुल्स पार्टीबाट लाल बहादुर बोहरा, स्वतन्त्रबाट प्रेम बहादुर शाहु र भोजराज सापकोटा चुनाव लड्ने छन ।

यस्तै प्रदेश सभा ‘ख’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश बहादुर बम, नेकपा एमालेका तर्फबाट हरि सि साउँद, नागरिक उन्मुक्ति पार्टिबाट कमलराज भट्ट, राप्रपाबाट प्रकाशदत्त भट्ट, र स्वतन्त्रबाट भगवती ओझा चुनाव लड्ने भएका छन ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.