रेशम चौधरी र लक्ष्मण थारूको उम्मेदवारी खारेज

धनगढी – नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारू (चौधरी) को उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए । टीकापुर घटनामा दोषी ठहर भई चौधरी जेलमा छन ।

Karma Consultancy

फरार सूचीमा रहेका थारूले वारिसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट उम्मेदवारी दिएका रामबहादुर सिंहले थारूको उम्मेदवारी खारेज गरिपाउँ भनेर उजुरी दिएका थिए । सो उजुरीको आधारमा थारूको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।

citizen security services

टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षमै साढे तीन वर्ष कैद सजाय भुक्तान गरेका उनी २०७५ मा रिहा भएका थिए । तर उच्च अदालत दिपायलले कैलाली जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पुनः दोषी नै ठहर गरेको छ । त्यस बेलादेखि थारू फरार सूचीमा रहेका छन ।

attariya hospital

उम्मेदवारी दर्ताको दिन उनी निर्वाचन अधिकृतको कार्यालय पुगे पनि वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । सङ्घीय कानुनबमोजिम लक्ष्मण थारू प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नदेखिएकाले उनको मनोनयनपत्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ३१ (६) बमोजिम खारेज हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.