नेपाली कांग्रेस क्षेत्र नं. ४ द्धारा चुनाव परिचालन समिति गठन

अत्तरिया – कैलाली क्षेत्र नं. ४ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन चुनावी परिचालन समितिहरु गठन गरिएको छ । मंगलबार नेपाली कांग्रेस क्षेत्र नं. ४ ले आयोजना गरेको गठबन्धनका दलहरुको चुनावी भेलामार्फत तिन ओटै पदहरुका लागी अलग अलग परिचालन समितिहरु गठन गरिएको हो ।

Karma Consultancy

भेलाले प्रतिनिधि सभाका लागी कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकायाको संयोजकत्वमा ४ सदस्यीय मुल समिति गठन गरेको छ । जसको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नं. ४ का संयोजक बल बहादुर महत, नेकपा एकिकृत समाजवादीका तर्फबाट क्षेत्रिय संयोजक रत्ना कडायत र राष्ट्रिय जनमोर्चा पार्टिका तर्फबाट राष्ट्रिय परिषद् सदस्य हरिकृष्ण पाण्डेय रहेका छन ।

citizen security services

यसैगरी प्रदेश सभा ‘क’ का लागी नेकपा एकिकृत समाजवादीका नेता विर बहादुर मन्नीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा नेपाली कांग्रेसका तर्फबाट काशिराम शर्मा, नेकपा माओवादी केन्द्रका तर्फबाट नविन धामी र राष्ट्रिय जनमोर्चा पार्टिका तर्फबाट गंगाराम कँडेल रहेका छन ।

attariya hospital

यस्तै प्रदेश सभा ‘ख’ का लागी नेपाली कांग्रेसका प्रदेश ‘ख’ सभापति गोपालदत्त भट्टको संयोजकत्वमा परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका तर्फबाट नगर अध्यक्ष धर्म सिँ कुँवर तथा देवेन्द्र शाही, नेकपा एकिकृत समाजवादीका तर्फबाट युवराज सिँगाल, राष्ट्रिय जनमोर्चा पार्टिका तर्फबाट पंकज विश्वकर्मा रहेका छन ।

कार्यक्रममा गठबन्धनमा आवद्ध पार्टिका विभिन्न नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । यस अघि कांग्रेसले चुनावी रणनितिका बारेमा पार्टिका नेता कार्यकर्ताहरु सँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.