प्रधानमन्त्री देउवाको उम्मेदवारी खारेज नहुने

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ । उनको उम्मेदवारी विरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

maya metro hospital
raunak fals and silling

‘उम्मेदवारी विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारीका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं’ उनले भने, ‘उम्मेदवारीका सबै कागजात कानुन सम्मत देखिए । उजुरी भने कानुनसम्मत नदेखिएपछि उम्मेदवारी स्वीकृत गर्ने निर्णय गरेका हौं ।’

joshi vada pasal 2

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.