गठबन्धनको सरकारले नै प्रदेशको स्थायी राजधानी निर्माण गर्छ : बलायर

अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा आसन्न निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायरले गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण प्रकृया सुरु गर्ने बताएका छन । मंगलबार कांग्रेसको क्षेत्रिय कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेशको राजधानी हावामै रहेको र निर्वाचन पछि गठबन्धनको सरकारले स्थायी रुपमा निर्माण गर्ने बताए ।

maya metro hospital

‘मैले डोटीमा छदा प्रदेश को राजधानी धनगढी डेरामा छ र गोदावरी हावाँमा छ भनेको कुरालाई यहाँ पहाड बनाईदैछ’ उनले भने ‘मैले सही भनेको त छु नी, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र गोदावरी मा बनाईने भनेको राजधानी खै कता छ, कसैले देख्नुभाछ, हावामै छ नी । अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण कार्य सुरु गर्छ ।’

joshi vada pasal 2

उनले स्थायी राजधानी गोदावरीमा भनेको भएपनि अहिले राजधानी धनगढी डेरामै रहेको बताए । धनगढीमा डेरामा रहेको र गोदावरीमा हावामा रहेको राजधानीलाई स्थायी रुपमा बनाउनको लागी पनि बनाउने मानिसको आवश्यकता परेको बताउदै उनले त्यसका लागी गठबन्धन सरकार अग्रसर रहेको बताए ।

‘स्थायी रुपमा राजधानी यही भएको छ, तर अहिलेसम्म यहाँ नदेखिएपछि राजधानी हावामा छ भन्नुको औचित्य छैन’ उनले भने ‘तर अब यो चुनाव पछि गठबन्धन सफल हुन्छ, यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ र त्यो सरकारले ६ महिनाभित्र सम्भावित ठाउँमा राजधानी निर्माण गर्छ ।’ उनले गठबन्धनको सरकारले चुनाव जिते सम्भव भएको ठाउँबाट राजधानीको मास्टरप्लान सुरु हुने र ६ महिनाभित्रै देखी राजधानीको झलक देखाउन काम सुरु गरिने बताए ।

raunak fals and silling

‘हामी बनाउन आएका हौ, बनाउछौ । हिजोका दिनमा बनाउन नसकेका मानिसहरु अहिले फुर्ति गर्दैछन’ उनले भने ‘एउटा कल्भर्ट बनाउन नसक्ने व्यक्तिले हामीसँग फुर्ति नदेखाए हुन्छ ।’ उनले आफुलाई कसैले भेट्न आउन नपर्ने पनि बताएका छन । ‘म फरक प्रकृतिको मान्छे हु, मलाई कसैले भेट्न आउनुपर्दैन, काठमाण्डौमा छँदा पनि विद्यार्थी साथीभाईहरुलाई म आफै भेट्न जान्थे’ उनले भने ‘मेरो अनुहार हेर्नेका लागी सयौँ रुपैया टिकट काटेर किन आउनुप¥यो, जहाँ समस्या छ, जसलाई भेट्ने मन छ, म स्वयम् त्यही जान्छु ।’

उनले चुनावमा सिद्धान्तका प्रतिष्पर्धा हुने भएकाले सिद्धान्तमा हारेको मान्छेले प्रतिष्पर्धा गर्न नसक्ने बताए । ‘जो हिजो माओवादी भनेर जंगल गएको थियो, खासमा हेर्ने हो भने खान नपुगेर, लाउन नपुगेर गएको भए हुने थियो नी’ उनले भने ‘तर सबैभन्दा बढी खान पुगेको लाउन पुगेको मानिस, बढी खान खोजेर, जनतालाई ठगेर गएका हुन । सिद्धान्तमा हारेर गएका हुन, सिद्धान्छमा हारेको मानिसले सिद्धान्तप्रेमी मानिससँग प्रतिष्पर्धा गरेर हुन्छ र ?’

उनले आफु सिद्धान्तमा अडिग रहेको र कांग्रेसको सिद्धान्त अनुसार नै अगाडी बढ्ने बताए । उनले कांग्रेसले कुनै पनि गरिब नागरिकको शोषण गर्न नजानेको बताए । उनले गरिब मानिसको आर्थिक उन्नती, समृद्धि र उसको जिवनस्तर उठाउने कार्यमा आफु अग्रसर हुने बताए ।
‘कसैलाई ठगेर, नागरिकको दमन, शोषण गरेर आफु माथी उठ्ने बाटोमा म जादैन’ उनले भने ‘राज्यप्रणालीमा बस्दा खेरी पनि जनताका लागी भएको कुनै पनि रकम दुरुपयोग गरेर खादिन, त्यसो गर्नुभन्दा बरु पिपलको रुपमा झुन्डिएर मर्छु ।’

उनले आगामी दिनमा आफुले जनताका ठगहरुलाई भने नछोड्ने बताए । उनले आफु जनताको नोकर भएकाले जनताका अधिकार छिन्नेहरुलाई नछोड्ने बताए । ‘जनता मालिक हुन । मालिक खुसी भए हाम्रो नोकरी चल्छ’ उनले भने ‘नोकर हु भनेर बिहान बेलुका २ मानाको खाएर सुत्ने मानिसलाई जनताले अवश्य पनि डण्डा हानेर भगाउने छन ।’

उनले आफुलाई टुरिष्ट भन्ने मानिसले हल्ला फिजाँएको बताए । ‘मलाई टुरिष्टको बिल्ला भिडाउदैछन । हो म आएहुँला डोटीबाट । गठबन्धनको सिलसिलामा आए’ उनले भने ‘तर हिजोका दिनमा त यही माटोबाट जेल गएको छु नी । यही माटोमा संगठन बनाएको छु नी । जिल्लाका नेता भन्ने प्रदेशका नेता भन्ने अनि चुनाव लड्दा टुरिष्ट कसरी हुन्छ ?’

उनले निर्वाचनमा कांग्रेसले खुट्टामात्रै टेकिदियो भने कुनै ताकतले यो गठबन्धनलाई हराउन नसक्ने बताए । उनले संविधान बचाउनका लागी, मुलुकको राज्य प्रणाली र शासन प्रणाली जोगाउनका लागी पनी गठबन्धन आवश्यक रहेको बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.