लक्ष्मण थारुको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

प्रतिनिधिसभा सदस्यका लागि कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ बाट उम्मेदवारी दर्ता गराएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु विरुद्ध उजुरी परेको छ । उजुरीमा थारुको उम्मेदवारी खारेजीको माग गरिएको छ ।

Karma Consultancy

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले धनगढी उपमहानगरपालिकाका रामबहादुर सिंहले थारुको उम्मेदवारी विरुद्ध सोमबार उजुरी दर्ता गराएको जानकारी दिए । उनले भने ‘आज उजुरी दर्ता भएको छ, यसको छानविनको प्रक्रियामा जाँदैछौँ ।’

citizen security services

विसं २०७२ मा टीकापुर घटनामा अदालतबाट दोषी ठहर थारुले आइतबार वारेसनामा मार्फत् आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दल र स्वतन्त्र गरी ४९ जनाको उम्मेदवारी परेको छ ।

attariya hospital

यस्तै प्रदेशसभाका १० निर्वाचन क्षेत्रमा विभिन्न दलका र स्वतन्त्र ९३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी क्षेत्र नं ५ मा (धनगढी क्षेत्र) परेको छ । यहाँ पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन ।

प्रदेशसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी निर्वाचन क्षेत्र ३ को ख मा सात जनाले दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायतका दल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.