गोदावरीमा रहेको विद्युत टावर ढल्यो, पहाडी जिल्लामा विद्युत अवरुद्ध

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा रहेको १३२ केभीको विद्युत टावर ढलेपछि सुदूरपश्चिममा ७ पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । आइतबार साँझ उक्त टावर ढलेपछि पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको हो ।

Karma Consultancy

प्रदेश विद्युत कार्यालय अत्तरियाका प्रमुख जंग बहादुर चन्दले मेन सप्लाई लाईनको टावर ढलेपछि अहिले तत्कालका लागि बैकल्पिक लाईनबाट विद्युत पठाउने काम भइरहेको बताए ।

citizen security services

‘चमेलीया, अपी लगायतका पावर हाउसबाट उत्पादित विद्युत तराइ तिर ल्याउने र यताबाट उता विद्युत पठाउने मुख्य लाईन अवरुद्ध भएको छ’ उनले भने ‘यसको मर्मत गर्न समय लाग्छ । तत्कालका लागि सानो लाईनबाट विद्युत पठाउने काम भइरहेको छ ।

attariya hospital

पहिले देखि नै जोखिममा रहेको उक्त टावरको विकल्पमा अहिले अर्को टावर बनाउने काम पनि अन्तिम चरणमा पुगिसकेको उनले बताए ।

पुरानो सानो लाइनबाट विद्युत पठाउँदा भार धेरै हुने भएकाले बेला–बेलामा बत्ती जाने समस्या हुन सक्ने कार्यालय प्रमुख चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.