यी हुन प्रधानमन्त्री देउवाका १० प्रतिस्पर्धी उम्मेदवार

डडेल्धुरा – मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री शेर बहादुर देउवा संग प्रतिस्पर्धा गर्न डडेल्धुराबाट थप १० जनाले उम्मेदवारी दिएका छन ।

maya metro hospital

डडेल्धुरामा तीन पदका लागि २५ जनाले उमेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ११ जनाले उमेदवारी दर्ता गरेका छन् । प्रदेश क र ख मा क्रमशः ६ र ८ गरि १४ जनाले उमेदवारी दर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।

joshi vada pasal 2

देउवासँगै प्रतिनिधिसभा सदस्य पदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोबिन्द खडायत, राप्रपा नेपालबाट कालिप्रसाद जोशी, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल, दानबहादुर पाल र लालबहादुर कठायतले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.