धनगढी – कैलालीको कर्णाली नदीमा अझै पनि जलसतह घटेको छैन । लगातारको वर्षाका कारण कर्णाली नदीमा जलसतह खतरा नजिक पुगेको थियो । हिजो (आइतबार) देखि जलसतह बढेकोमा अहिलेसम्म नघटेको हो ।

जलसतह केही घटेपनि खतरा तहभन्दा अझै माथि नै रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । अहिले कर्णालीको जलसतह ११.७० रहेको प्रशानले जनाएको हो ।

कर्णालीको खतरा तह १०.८ भएपनि जलसतह बढी रहेको छ । हिजो (आइतबार) जलसतह १२ मिटर बढी रहेपनि आज भने केही मात्रामा घटेको छ ।
