सुदूरपश्चिममा ठूला पार्टीका अधिकांश पुरानै अनुहार

धनगढी – कैलाली ४ मा उम्मेदवारी दर्ता गराएका एमाले नेता लेखराज भट्ट चौथो पटक चुनाव लड्दैछन् । भट्टसँग पहिलो पटक आमनेसामने हुन लागेका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर पनि यसअघि डोटीमा तीन पटक चुनाव भिडिसकेका छन् ।

Karma Consultancy

कांग्रेसले यस प्रदेशमा उठाएका नौ जना उम्मेदवारहरु मध्ये बाजुरामा सहमहामन्त्री बद्री पाण्डे मात्र पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । अन्य सबै पुरानै अनुहारहरु हुन् । हुन त पाण्डे यसअघि समानुपतिक र राष्ट्रियसभा सदस्य गरी दुई पटक सांसद भइसकेका व्यक्ति हुन् ।

citizen security services

कञ्चनपुरमा कांग्रेस उम्मेदवारहरु रमेश लेखक, एनपी साउँद पनि पटकपटक निर्वाचन लडिरहेका अनुहारहरु हुन् । यस्तै दार्चुलामा दिलेन्द्रप्रसाद बडू यसअघिका पनि नयाँ अनुहार होइनन् । कैलाली १ मा कांग्रेस उम्मेदवार रामजनम चौधरी पदकपटक सांसद भइसकेका छन् ।

attariya hospital

कैलाली क्षेत्र नम्बर ५ मा यसअघि प्रदेशसभा सदस्य रहेका डिल्लीराज पन्तलाई कांग्रेसले यसपल्ट प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको छ । अछाम २ का पुष्प शाह यसअघि अहिलेकै एमाले उम्मेदवार यज्ञ बोगटीसँग पराजित भएका थिए । डडेलधुराका कांग्रेस उम्मेदवार शेरबहादुर देउवा त झन् पुरानै अनुहार भइहाले ।

एमालेमा पनि त्यही स्थिति छ । बाजुरामा कर्ण थापा, अछाममा यज्ञ बोगटी र झपट बोहरा, बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेशसिंह ठगुन्ना, कैलालीमा नारदमुनि राना, झपट रावल, गौरीशंकर चौधरी सबै पुरानै अनुहारहरु हुन् । तपेन्द्रबहादुर रावल भने पहिलो पटक प्रतिनिधि सभाका लागि चुनाव लड्दैछन् ।

झपट बोहरा ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सांसद निर्वाचित भएका थिए । कञ्चनुरका निर्वाचन क्षेत्रहरुबाट उम्मेदवार भएका एमाले नेताहरु निरु पाल यसअघिकै सांसद हुन् । तारा लामा तामाङ यसअघि प्रदेशसभा सदस्य थिए । अर्का उम्मेदवार नरबहादुर धामी पनि चुनाव लडिसकेका नेता हुन् । बझाङबाट उम्मेदवार बनेका ऐन महर भने पहिलो पटक चुनाव लड्दैछन् ।

माओवादी केन्द्रबाट पनि नयाँ अनुहार छैनन् । कञ्चनपुरमा बिना मगर, कैलालीका निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका भगत बडुवाल र कृष्ण चौधरी चौधरी ०६४ का संविधानसभा सदस्य हुन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु भने पहिलो पटक चुनाव लड्दैछन् ।

तीन वटा जिल्लामा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको एकीकृत समाजवादीका उम्मेदवारहरु प्रेम आले डोटी, भानुभक्त जोशी बझाङ र शेरबहादुर कुँवर अछामबाट सासंद भइसकेका अनुहार हुन् ।

१६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रमुख पार्टीहरुले महिला उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । तीन जनाले मनोनयन गरेका छन् ।

कञ्चनपुर ३ बाट एमालेले निरु पाललाई उम्मेदवार बनाएपछि उनले मनोनयन गरेकी छिन् । पालको गठबन्धनकातर्फबाट कांग्रेस उम्मेदवार रहेका रमेश लेखकसँग प्रतिस्पर्धा हुनेछ ।

यस्तै डोटीमा एमाललेले गौरी वलीलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा एकीकृत समाजवादीका प्रेम आलेसँग हुनेछ । अर्की महिला उम्मेदवार हुन् नागरिक उन्मुक्ति पार्टीकी सञ्जिता श्रेष्ठ । रेशम पत्नी सञ्जिताले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धनमा ९ सिट पाएको कांग्रेसले कुनै पनि निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाएको छैन । एकीकृत समाजवादीका पनि सबै पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.