अत्तरिया – कैलालीको अत्तरियामा बर्षातकै बिच कर्भट बिस्तारको काम गरिदाँ राजमार्ग जोखिममा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत अत्तरिया चोक देखि करिब ५ सय मिटर पुर्वमा रहेको कल्भर्ट बिस्तार गर्दा पुरानो कल्भर्ट छेउको सडक भत्किन थालेको छ ।

सवारी साधनको चाप रहने सो क्षेत्रमा कल्भर्ट छेउको सडक भत्किन थालेपछि अहिले सिङ्गल लेनमा सवारी साधन संचालन गरिएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत निर्माण भइरहेको उक्त कल्भर्टको ठेक्का चन्द ग्रुप सप्लायर्सले पाएको छ । अत्तरिया बजार क्षेत्रमा पर्ने ३ वटा कल्भर्ट विस्तारका लागि सडक डिभिजन कार्यालयले चन्द गु्रप संग डेढ करोडमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता अनुसार काम सक्नु पर्ने म्याद माघ मसान्त सम्म रहेकाले हाल उक्त ठेकेदार कम्पनीले बर्षातको सयममा पनि काम जारी राखेको जनाएको छ । जसले गर्दा सडक किनारा कमजोर हुँदा भत्किन थालेको हो । उक्त कल्र्भट निर्माणको काम असार महिनादेखि सुरु गरिएको थियो ।
ठेकेदार कम्पनीका प्रतिनिधि यज्ञ भट्टले माघ मसान्त भित्र ३ वटा कल्भर्टको काम सक्नुपर्ने भएकाले अहिले पनि काम जारी रहेको बताए । ठेक्का सम्झौता भए लगतै काम सुरु गरेको बताए ।
सम्बन्धित समाचार : अत्तरिया बजार क्षेत्रका कल्भर्ट चौडा पारिदै