कैलाली – ४ मा प्रतिनिधि र प्रदेश सभाका लागि २९ जनाको उम्मेदवारी, ९ स्वतन्त्र

अत्तरिया – मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि १९ गरी २९ जनाले उम्मेदवारी गर्दा गराएका छन । आइतबार कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभाका लागी ९ पार्टीबाट ९ जनाले र १ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन ।

Karma Consultancy

प्रतिनिधि सभाका लागी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायरले उम्मेदवारी दर्ता गरेका छन भने नेकपा एमालेबाट लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन । भट्ट एमालेका सचिव पनि हुन ।

citizen security services

यसैगरी प्रतिनिधि सभामा रष्ट्रिय स्वतन्त्र पार्टिबाट गोबिन्द प्रसाद भट्ट, नागरिक उन्मुत्ति पार्टिबाट कइयाँ चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, राप्रपा बाट जय बहादुर धामी, मौलिक जरोकिलो पार्टिबाट चेतराज साउँद, जनता प्रगतीशिल पार्टिबाट मोहनदेव मिश्र र नेपाल संघिय समाजवादी पार्टिबाट भिम बहादुर थापामगरले उम्मेदवारी दर्ता गराएका छन ।

attariya hospital

प्रतिनिधि सभामा गोदावर नगरपालिका वडा नं. २ निवासी मेघराज जोशीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । यसैगरी सोही क्षेत्रको प्रदेश सभामा १९ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १३ जनाको प्रदेश सभा ‘क’ बाट मात्रै उम्मेदवारी परेको छ ।

प्रदेश सभा ‘क’ बाट उम्मेदवारी परेका १३ जनामध्ये ६ जनाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टिका दिर्घ सोडारीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट भिम बहादुर देउवाको उम्मेदवारी परेको छ । सोडारी प्रदेशका भौतिक पुर्वाधार विकाशमन्त्री हुन भने देउवा गौरीगंगा नगरपालिकाका पुर्वनगरप्रमुख हुन ।

यसैगरी प्रदेश सभा ‘क’ मा नागरिक उन्मुक्ति पार्टिबाट राजेन्द्र प्रसाद देवकोटा, राप्रपा बाट तिलक बहादुर महत, नेपाल लोकतान्त्रीक पार्टिबाट मणिराम चौधरी, मौलिक जरोकिलो पार्टिबाट सावित्रि गिरी र नेष्नालिष्ट पिपुल्स पार्टिबाट लाल बहादुर बोहराको उम्मेदवारी परेको छ ।

सोही प्रदेश सभाबाट ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा राजेन्द्र प्रसाद जोशी, खुशीराम चौधरी, प्रेम बहादुर शाहु, टेक बहादुर देउवा, तुलाराम सापकोटा र भोजराज सापकोटा रहेका छन ।

यस्तै सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मा भने ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । प्रदेश सभा ‘ख’ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश बहादुर बमले उम्मेदवारी दिएका छन ।

सत्ता गठबन्धनले कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ‘ख’ नेकपा माओवादी केन्द्रलाई दिने भनेपनि अन्तिममा कांग्रेसले टिकट पाएको थियो । प्रदेश सभा ‘ख’ का लागी गठबन्धनबाट टिकट पाएका बम कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन ।

यस्तै नेकपा एमालेका तर्फबाट हरि सिँ साउँदले उम्मेदवारी दिएका छन । साउँद गोदावरी नगरपालिकाका पुर्व नगरप्रमुख पनि हुन । यसैगरी प्रदेश सभा ‘ख’ मा नागरिक उन्मुक्ति पार्टिबाट कमलराज भट्ट र राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) बाट प्रकाशदत्त भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन ।

प्रदेशमा २ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुमा भगवती पाठक ओझा र टिकादत्त जोशी रहेका छन । प्रतिनिधि सभाको तुलनामा प्रदेश सभाहरुमा पार्टीगत रुपमा कम उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन । प्रतिनिधि सभामा उम्मेदवार उठाएका ९ पार्टीमध्ये प्रदेश सभा ‘क’ मा ७ र ‘ख’ मा ४ पार्टीले मात्रै उम्मेदवार उठाएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.