कैलाली ४ ‘ख’ मा टिकट नपाएपछि एमाले नेता रावलले दिए राजीनामा

अत्तरिया – कैलालीमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका नेता मानबहादुर रावलले राजीनामा दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका रावलले प्रदेशसभा सदस्यको टिकट वितरणमा चरम गुटबन्दी गरिएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका हुन् ।

Karma Consultancy

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा (ख) बाट उम्मेदवारका लागि सिफारिस भएका रावलले कैलालीमा पार्टीको संगठन विस्तारदेखि विगतका निर्वाचनमा अन्य काममा कटिबद्ध भएर लाग्दा समेत उचित मुल्याङ्न नगरिएको गुनासो गरेका छन् ।

citizen security services

सोही कारण अबदेखि एमाले पार्टीमा नरहने निष्कर्षमा आफू पुगेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रदेशसभा सदस्यका लागि एमालेको क्षेत्रीय कमिटीले रावलसहितका १० जनाको नाम सिफारिस गरेको थियो ।

attariya hospital

तर केन्द्रीय कमिटीले गोदावरी नगरपालिकाका पूर्व मेयर हरीसिंह साउँदलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए । २०३६ सालदेखि एमालेको राजनीतिमा सक्रिय रावल जिल्ला कमिटि सदस्य हुँदै प्रदेश कमिटिसम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.