गठबन्धनले मुलुकलाई समृद्धिको बाटोमा अगाडी लैजाने छ : बलायर

अत्तरिया – नेपाली कांग्रेसका नेता वीर बहादुर बलायरले गठबन्धनले मुलुकलाई समृद्धिको बाटोमा अगाडी लैजाने बताएका छन । आइतबार कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गठबन्धन दिर्घकालिन सोचका साथ अगाडी बढ्ने बताए ।

maya metro hospital

‘आज यो गठबन्धनका दलहरुले निर्वाचनमा परिणाममुखि बनाएर आगामी हाम्रो १० देखि १५ बर्षको राजनीतिक, समाजिक, आर्थिक लक्ष्यलाई पार गराएर देशलाई समृद्धिको बाटोमा लैजानका लागि हाम्रो दिर्घकालिन सोच रहेको छ’ उनले भने ‘अब नेपाली जनताले नेपाललाई संबिधान बिहिन हुनबाट बचाउने छन ।’

joshi vada pasal 2

उनले मुलुक चरम राजनीतिक अस्तिरतामा गुज्रिरहेको बेला गठबन्धनले एउटा रुप लिएको बताए । उनले अहिलेको व्यवस्थालाई अगाडी बढाउनु पर्ने अहिलेको राजनीतिक आवश्यकता भएको बताए ।

‘यो निर्वाचनका माध्यमबाट हामीले सफलता हासिल गर्नुपर्ने अहिलेको आवश्यकता देखिएको छ’ उनले भने ‘नेपाली जनताले त्याग, तपस्या, बलिदान दिएर संघिय लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिलाई मुलुकमा स्थापित गरेको छ । अब नेपाली जनताले नेपाललाई संबिधान बिहिन हुनबाट बचाउने छन ।’

उनले राजनीतिक दम्बका आधारमा नेपाललाई भूमरिमा फसाउन खोजिएपनि त्यसबाट मुक्ती दिनका लागि गठबन्धनको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.