आरजु मार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

अत्तरिया – वारेसनामा मार्फत डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गरिएको छ । कार्यव्यस्तताका कारण आफू आउन नसकेपछि प्रधानमन्त्री देउवाको उम्मेदवारी उनकी पत्नी आरजु राणा मार्फत उम्मेदवारी दर्ता गरिएको छ ।

Karma Consultancy

देउवाको उम्मेदवारी गर्दा गराउन आरजु शनिबार मात्रै सुदूरपश्चिम आएकी थिइन । आरजुले निर्वाचन अधिकृतको कार्यालयबाट दिउँसो २ः४५ बजे प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी थिइन् ।

citizen security services

देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत र, समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन् । प्रतिनिधि सभाको एक सिट रहेको डडेल्धुरामा एमालेको समर्थनमा नेकपा कांग्रेस बीपीमा उपाध्यक्ष कर्ण मल्ल चुनाव लड्दै छन ।

attariya hospital

डडेल्धुराबाटै प्रतिनिधि सभाका लागि सागर ढकालले पनि उम्मेदवारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.