अत्तरियामा छिन–छिनमै बत्ती जाने आउने समस्याले स्थानीय हैरान

अत्तरिया – कैलालीको अत्तरियामा छिन–छिनमै बत्ती जाने र आउने समस्याले स्थानीय हैरान भएका छन । ३ दिन यता बिहानको समयमा छिनमै बत्ती जाने र आउने समस्या दोहरीने गरेको छ ।

Karma Consultancy

एक घण्टामै ५/६ पटक सम्म बत्ती जाने आउने गरेको स्थानीय नरेश नाथले बताए । उनले बत्ती जाने आउने समस्याले इलेक्ट्रिकल सामान बिग्रने जोखिम बढेको बताए ।
उता अत्तरिया नो लाईटका प्रमुख सुनील खड्काले बर्षातका कारण लाईटमा फल्ट भएर बत्ती जाने आउने समस्या बढेको बताए ।

citizen security services

‘पानीले लाईन फल्ट भइरहेको छ । कुनै एक सेक्टरमा फल्ट आउँदा त्यो ठाउँमा चेक गर्न लाईन काट्नुपर्ने हुँदा बत्ती जाने आउने समस्या बढेको छ’ उनले भने ‘ओलानी क्षेत्रमा बढी फल्ट देखिरहेको छ ।’ उनले लामो फिडर भएका कारण समस्या भएको बताए । ‘अत्तरिया बजारको फिडर ओलानी, गौडी सम्म जोडिएको छ’ उनले भने ‘ओलानीमा समस्या आए अत्तरियामा लाईन काट्नुपर्ने हुन्छ ।’

attariya hospital

उनले तिहार लगतै फिडर छुट्याएपछि यो समस्या हट्ने बताए । उनले अत्तरिया बजार क्षेत्रको मात्रै छुटै फिडर बनाएर लाईन सेप्रेट बनाइने बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.