आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिने

अत्तरिया – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गरिने छ । निर्वाचन आयोगले बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारी गर्दाको लागि समय तोकेको छ ।

maya metro hospital

यसैबिच शनिबार निर्वाचन आयोगले पत्रकार सम्मेलको आयोजना गर्दै निर्धारित समयभित्रै उम्मेदवारी गर्दा गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रम परिवर्तन गर्न सुझाव आए पनि आयोगले पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने बताए । स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरे पनि आयोगले समय थप नगर्ने बताए ।

joshi vada pasal 2
raunak fals and silling

उनले भने–‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’

विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै निर्वाचन कार्यक्रम सार्ने अवस्था नरहेको बताए ।

उनले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा आयोगले सहयोग गर्ने बताए । उनले निर्धारित समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने पनि स्मरण गराए ।

आयोगले आज साँझ ५ बजे देखि बेलुकी ७ बजे सम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गर्ने र, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारकाको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका यसअघिनै प्रकाशित गरिसकेको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.