यी हुन सुदूरपश्चिममा माओवादीका उम्मेदवार

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका केही उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ, जसमध्ये कैलाली क्षेत्र नम्बर २ मा भगतबहादुर बढवालले टिकट पाएका छन ।

Karma Consultancy

कैलाली ३ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् । बैतडीको उम्मेदवार टुंगिएको छैन भने कञ्चनपुर १ मा विना मगर उम्मेदवार हुनेछिन् ।

citizen security services

प्रदेशसभातर्फ बाजुरा क मा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ख र अछाम २ क को उम्मेदवार टुंगो लागेको छैन ।
बझाङ ख मा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन । कैलाली ३ को खमा नन्दबहादुर साउदको सम्भावना छ । कैलाली ५ को क मा रमेश धामी उम्मेदवार हुने भएका छन् । कैलाली ४ ख मा उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

attariya hospital

दार्चुला ख मा मानबहादुर धामी र डडेलधुरा क मा खगराज भट्ट उम्मेदवार हुने छन् । कञ्चनपुर १ क मा कांग्रेसले पनि दाबी गरेका कारण उम्मेदवार टुंगिएको छैन भने २ को क मा टेकेन्द्र भट्टले टिकट पाउने छन् । कैलाली ३ को क र ख दुबैमा माओवादीको दाबी छ, तर भागवण्डा टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.