दार्चुला – नेपाली कांग्रेसले हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका दिलेन्द्र प्रसाद बडुलाई टिकट दिएपछि दार्चुलाका पूर्व जिल्ला सचिव गौरीशंकर गिरीले पार्टी छोडेको घोषणा गरेका छन् ।

उनले टिकट वितरणमा असहमति जनाउँदै आफू कांग्रेस (बीपी) मा प्रवेश गरेको जनाएका छन् । प्रतिनिधि सभा उम्मेदवारका लागि दार्चुलाबाट उनको नाम पनि सिफारिस भएको थियो ।

तर, कांग्रेसले बडुलाई टिकट दिएपछि गिरी रुष्ट भएका हुन् । विगतदेखि यस्तै उनले पार्टीमा कामको मूल्यांकन नभएको र नेतृत्व असक्षम देखिएको भन्दै पार्टी छाडेको बताए ।

१० वर्षसम्म जिल्ला सचिव रहेका गिरी पटक–पटक दार्चुलाबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए । कुनै बेला बडूका अनिष्टमा गनिने गिरीले चुनावको मुखमै पार्टी परित्याग गरेका हुन् । गठबन्धनमा संघतर्फ बडू र प्रदेश सभामा १÷१ सिट कांग्रेस र माओवादीले बाँड्ने भएका छन् ।