नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ । उक्त सहमति अनुसार जसपाले सुदूरपश्चिममा प्रदेश सभाको कैलाली निर्वाचन क्षेत्र नम्बर १ को २ नम्बर सिट पाएको छ ।

यसअघि एमालले सो क्षेत्रमा तालमेल गर्ने भनेर उम्मेदवार उठाएको थिएन ।
