कैलाली ४ को प्रतिनिधिसभा कांग्रेसले पाउँदा प्रदेश तर्फ कसले पाउला ?

अत्तरिया – सत्ता गठबन्धन बिच केन्द्रमा अहिले प्रतिनिधिसभा कुन क्षेत्र कसले पाउने भन्ने बारेमा भागवण्डा चलिरहेको छ । जसअनुसार सुदूरपश्चिममा सत्ता गठबन्धनका तिन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बिच करिब– करिब भागबण्डा टुङ्गिएको छ ।

maya metro hospital

जसअनुसार कैलाली क्षेत्र नम्बर ४ नेपाली कांग्रेसले पाउने निश्चित छ । यस क्षेत्रमा कांग्रेसले पाउने टुङ्गो लागेको भएपनि उम्मेदवार बारेमा भने अझै टुङ्गो लागेको छैन ।

क्षेत्र नम्बर ४ बाट कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर उम्मेदवार बन्ने भनिएपनि यहाँबाट सुनिल भण्डारी, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकले पनि आकांक्षा देखाएका छन् ।

attariya hospital

प्रतिनिधिसभा कांग्रेसको भागमा परे पनि प्रदेश सभा ‘क’ र ‘ख’ कसले पाउने भन्ने टुङ्गो लाग्न बाँकी छ । प्रदेश सभा ‘क’ मा २०७४ चुनावमा हाल एकीकृत समाजवादीमा रहेका दिर्घ बहादुर सोडारीले जितेका थिए भने प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका कृष्ण राज सुवेदीले जितेका थिए ।

प्रदेश सभा ‘क’ मा २०७४ को चुनाव जितेका सोडारी पुनः दोहरीने आकांक्षा देखाएका छन । प्रतिनिधि सभामै चुनाव लड्ने आकांक्षा देखाएका सोडारी क्षेत्र नम्बर ४ कांग्रेसको भागमा परेपछि प्रदेशमा खुम्चिएका छन । यद्दपी उनले यसको आधिकारी घोषणा गर्न बाँकी छ ।
गठबन्धनको भागबण्डा मिलाउन प्रदेश सभा तर्फ ‘क’ एकीकृत समाजवादीले पाउने चर्चा चलेका बेला प्रदेश सभा ‘ख’ मा भने कांग्रेस र माओवादीले दावी गरेका छन ।

क्षेत्र नम्बर ४ ‘ख’ मै चुनाव लड्न कांग्रेसकै नेताले लबिङ गरिरहदाँ उता नेकपा माओवादीले पनि गठबन्धनमा प्रदेश सभा ‘ख’ आफुले पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रतिनिधि सभा कांग्रेसले पाउँदा प्रदेश सभाको एउटा क्षेत्र समाजवादी र एउटा क्षेत्र माओवादीले स्वतः पाउने माओवादीका एक नेताले बताए ।

‘प्रतिधिन सभा कांग्रेस, प्रदेशसभा ‘क’ समाजवादी र प्रदेशसभा ‘ख’ माओवादीले पाउने निश्चित जस्तै हो’ माओवादीका एक नेताले भने । प्रदेशसभा ‘ख’ मा माओवादीबाट हुकुम साउँद, तिलक चौधरी मेघराज भट्ट, दिपेद्र शाही ‘प्रहार’ आकांक्षि रहेका छन ।

उता कांगेसका नेताहरुले भने प्रदेश सभा ‘ख’ मा कांग्रेस बलियो भएकाले कांग्रेसले पाउनु पर्ने दावी गर्दै आएका छन ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.