लगातारको झरीले पाकेको धानबाली भित्र्याउन समस्या, किसान चिन्तित

धनगढी – कैलाली सहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए ।

maya metro hospital

“खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भने, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।” पाकेर तयार भइसकेको धानबाली दुई हप्ताअघि नै भित्र्याउने तयारी किसानले गरेका थिए । केही दिनदेखि भइरहेको हावाहुरीसहितको वर्षाले भित्र्याउने अवस्था नहुँदा झुलेका बाला खेतैमा ढलेर क्षति पुगेको किसानले बताएका छन् ।

joshi vada pasal 2

मुख्य खाद्यान्न बाली धान पाकेर झुलेपछि धेरै किसानलाई दसैँमा रमाउनेभन्दा पनि धान कतिबेला र कसरी भित्र्याउने भन्ने चिन्ता बढेको छ । बुधबार खेतमा काटेको बाली उठाउँदै गरेको भेटिएका धनगढी उपमहानगरपालिका–१३ का नारायण चौधरीले चाहिने बेला पानी नपर्ने नचाहिने बेला झरी पर्ने समस्याले हैरान पारेको गुनासो सुनाए ।

raunak fals and silling

“छिनछिनमा भइरहेको झरीले निकै समस्यामा पार्यो”, चौधरीले भने, “गत वर्षको दसैँमा पनि बाली काट्ने समयमै भएको वर्षाले पूरै धनबाली भिजेर खेतमै उम्रिएको थियो ।”

बर्सेनि मौसममा (जलवायु) भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीवभन्दा शत्रुजीवको समस्या बढ्न थालेको किसानको अनुभव छ । मौसममा छिनछिनमै देखिने अस्वाभाविक परिवर्तनको समस्या पछिल्ला वर्षमा बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

हावाहुरी चलेर आकासमा छिनमै बादल मडारिएर वर्षा हुने र छिनमै बादल हराएर टन्टलापुर घाम लाग्ने सुक्खा मौसम हुने समस्या बढेको अनुभव किसान मानबहादुरले सुनाउनुभयो । “धानबाली भित्र्याउने असोज महिनामा यस्तो झरी र वर्षा भइरहने मौसमको अनुभव यसअघि कहिल्यै भएन”, उनले थपे, “जलवायु परिवर्तनको असरले यस्तो भएको भनिन्छ, नेट इन्टरनेट र फोनको पहुँच बढ्दा भने किसान पहिलेको भन्दा सचेत भएका छन् ।”

रोपाइँ गर्ने समय असार महिनामा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरसहितका जिल्लामा मनसुन पूर्णरूपमा सक्रिय हुन नसक्दा भएको पर्याप्त पानीको अभावले कतिपय किसानले बोरिङ पम्पिङ सेटबाट पानी तानेर रोपाइँ गरेका थिए ।

रासस

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.