आज सुदूरपश्चिममा भारी बर्षा भइरहेको छ । प्रदेशका अधिकांस ठाउँमा बिहानै देखि बर्षा भइरहेको हो । पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै आएकाले यस क्षेत्रमा दिनभरी बर्षाको सम्भावना रहको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ ।


बिभागका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

यस्तै भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ । वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले सकेसम्म खोला नतर्न र पर्वतारोहणमा नजान पनि मौसमविद्को सुझाव छ ।
