उत्तराखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो

उत्तराखण्ड – भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

maya metro hospital
raunak fals and silling

प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मंगलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो ।

joshi vada pasal 2

प्रहरीले मंगलबार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौं घाइते अवस्थामा रहेका बताएको थियो । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो । सो दुर्घटनामा घाइते भएकाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परेका २७ जना पुरुष र छ महिलाको शव प्रहरीले भेटेको जनाएको छ । अरु १८ जना अझै पनि घाइतेको उपचार जारी रहेको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ । सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.