पूर्व प्रहरीले गोली चलाउँदा ३१ जनाको मृत्यु

एजेन्सी – थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा एक पूर्वप्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तको नोङ बुवा लाम्फुमा अवस्थित बालबालिका हेरचाह केन्द्र (नर्सरी)मा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

maya metro hospital

आक्रमणपछि बन्दुकधारी अझै फरार छन् । मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हान्नुका साथै छुरा पनि प्रहार गरेको बताएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।
यसअघि सन् २०२० मा एक सैनिकले २१ जनाको हत्या गरेका थिए । थाइल्याण्डमा यस्ता घटना विरलै हुनेगर्छ ।

joshi vada pasal 2

प्रधानमन्त्रीले सम्बन्धित सरकारी निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न निर्देशन दिएको एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.