बलात्कारको आरोप लागेका सन्दीप विमानस्थलबाटै पक्राउ

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका छन । कतार एयरवेजको फ्लाइटबाट फर्किएका सन्दीपलाई प्रहरीले एयरपोर्ट बाटै पक्राउ गरेको हो ।
उनीमाथी एक १७ वर्षीया नाबलिग किशोरीले भदौ २१ गते लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्टबाट प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

maya metro hospital

उक्त उजुरी पछि लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए । उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गए । उनी उतै हुँदा यहाँ उजुरी परेपछि उनी कानुनी प्रबन्ध मिलाउनका लागि उतै बसेर बिहीबार नेपाल फर्किएका हुन ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.