कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिकाको अमरबस्तीमा हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।


से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किदा चालक पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल राना र पछाडि सवार धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय महेश रानाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राति करीब ११ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
