दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने भएको छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ ।

maya metro hospital
raunak fals and silling

विजयादशमी आफैँमा शुभ भएकाले जतिबेला पनि टीका लगाउँदा हुने बताइन्छ । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् ।

joshi vada pasal 2

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेकाले त्यही दिनको सम्झनामा विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.