शुभकामना दिने शैली फेरियो, दशैंमय बने सामाजिक संजाल

प्रविधिको विकाससंगै विजयादशमीमा शुभकामना आदान–प्रदान गर्ने शैली वदलिदैं गएको छ । हातले लेखेर शुभकामना दिएकाहरु पुस्ताहरु पनि नयाँ सूचना प्रविधिको प्रयोग गर्न थालेका छन । सूचना प्रविधिको वढ्दो प्रयोगले शुभकामना दिने शैली डिजिटलमय वन्दै गएको हो । भेटेर शुभकामना दिने पोष्टकार्ड सदने र पुष्पगुच्छा साटासाट गर्ने चलन हराउँदै छ ।

maya metro hospital

पोष्टकार्ड सहितका शुभकामना कार्ड पठाउने परम्परालाई ईन्टरनेटले विस्थापित गरेको छ । फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जालका भित्ताहरू यतिबेला शुभकामनाले रङ्गीएका छन । इन्टरनेटको प्रयोगसँगै शुभकामना आदान–प्रदानको शैली नै पूर्णतया डिजिटलमय भएको छ ।

शुभकामना आदानप्रदान मात्रै नभएर आफन्तहरूले चाडपर्वका बेला स्मार्टफोनबाटै विदेशमा भएका सन्ततिलाई ‘भर्चुअल’ टीका लगाइदिन्छन् । खुशियालीका तस्वीर र भिडियो आदानप्रदान गर्छन् । विश्वको कुनाकुनामा कसले कसरी दशैं मनायो सामाजिक सञ्जालमा हेर्न पाइन्छ ।

attariya hospital

सूचनाहरू पठाउन र पाउन च्याट गर्ने, फेसबूक या अन्य कुनै सामाजिक सञ्जालमा लाइभ गर्ने लगायत विशेषता थपिएपछि चाडपर्व थप रोमाञ्चक भएका छन ।  आफन्तलाई सामाजिक सञ्जाल मार्फत नै शुभकामना या निमन्त्रणा पठाउन सकिन्छ, जुन पहिले भौतिक रुपमा उपस्थित नभई संभव थिएन । इन्टरनेटकै माध्यमबाट अरुको संस्कृति र चाडपर्व मनाउने तरिकाबारे थाहा पाउन सकिने भएको छ ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.