गोदावरीमा खोलामा डुबेर एक बालकको मृत्यु

 

अत्तरिया – कैलालीको गोदावरीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ सेरीमा स्थानीय खुटिया खोलामा डुबेर १४ वर्षीय दिवाकर जोशीको मृत्यु भएको हो ।

maya metro hospital

उनको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका ति बालक सोही स्थानमा डुबेको अवस्थामा भेटिएका थिए ।

उनलाई सेती अस्पतालमा पुर्याउँदा डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.