सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाई , चार हजार प्रहरी परिचालन

धनगढी – जब दसैंतिहार आउँछ, गाउँमा चहलपहल बढ्छ । सहर सुनसान हुन्छ । सहरका घरहरुमा मानिस हुँदैनन, खाली हुन्छन् । गाउँमा पनि मेला हुने भएकाले घरहरुमा कोही हुँदैनन् । सोही समयमा चोरी तथा लुटपाटका घटनाहरु हुने गरेका छन । मेलाहरुमा झै– झगडा हुने तथा अन्य अपराधिक क्रियाकलापको जोखिम हुन्छ । दसैं तिहारमा हुने सम्भावित यस्तै अपराधिक घटना रोक्नका लागि सुदूरपश्चिम प्रदेशमा चार हजार प्रहरी परिचालन गरिएको छ ।

maya metro hospital

प्रदेशका सबै जिल्लाहरुमा सम्भावित जोखीमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । ‘प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भएका छन् । आवश्यक परे थप परिचालन हुन्छन् । तर, अपराधिक घटना नयूनिकरण गर्न हामी तयार छौं,’ उनले भने । यस्तै प्रदेशको राजधानी समेत रहेको जिल्ला कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटनालाई कम गर्न विशेष सुरक्षा योजना लागू गरेको छ । दसैँ तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको हो ।

joshi vada pasal 2

स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दसैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ । दसैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेक्स र आवश्यक परेको खण्डमा थप सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘जिल्लामा एक हजार बढी प्रहरी परिचालन भएका छन । ढुक्कसँग दसैं मनाउन हाम्रो आग्रह छ । नागरिक पनि सचेत हुनुपर्छ,’ उनले भने ।

चाडपर्वको समयमा जथाभावी रुपमा सवारी साधन चलाउने र तीब्र गतिमा गाडी हाक्नेलाई कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ । प्रदेशवासीलाई भयरहित वातावरणमा दसैं मनाउन आग्रहसहित प्रदेशभरी चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो । दसैंको अवधिमा आर्थिक संकटका कारण हुनसक्ने आर्थिक अपराधका घटनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गएिको हो । दसैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटना लगायतका घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्सलाई पनि परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.