बैतडीमा महाअष्टमी मेलामा ६ सय बढीको पशुबलि दिइयो

बैतडी – बैतडीमा महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा बलि सहितको जात्रा लागेको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२, देहिमाण्डौमा रहेको निङ्गलाशैनी भगवती मन्दिर, पुर्चौडी नगरपालिका-९ मा रहेको दुर्गा भवानी मन्दिर, मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिर, सुर्नया गाउँपालिका-५ मा रहेको फाल्ङासैन मन्दिर लगायतका शक्तिपीठहरूमा बलि सहितको जात्रा लागेको हो। अष्टमीका दिन राँगा तथा बोका गरी ६ सयभन्दा बढीको बलि दिइएको छ।

maya metro hospital

सप्तमीका दिन बाधिएका राँगा तथा बोकाहरूको महाअष्टमीको दिन विशेष पूजाआजासहित बलि दिइएको निंगलाशैनी धार्मिक सेवा समितिका अध्यक्ष मान बहादुर बोहराले जानकारी दिए। निंगलाशैनीमा ३९६ राँगा र २ सयभन्दा बढी बोकाहरूको बलि दिएको दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिए।

joshi vada pasal 2

यसैगरी मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा पनि घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजासहित पशुबलि दिइने गरिएको छ। नवरात्रि सुरु भएको दिनदेखि अष्टमीको दिनसम्म ८१ राँगा र १३५ बोकाहरूको बलि दिइएको मेलौली भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

यसैगरी पुर्चौडी नगरपालिका-९ मा रहेको तल्लादेहि दुर्गा भवानी मन्दिरमा पनि बलि सहितको जात्रा सम्पन्न भएको छ। तल्लादेहि दुर्गा भवानी भगवती मन्दिरमा ११ राँगा र ४० भन्दा बढी बोकाको बलि दिइएको मेला व्यवस्थापन समितिले जनाएको छ।

यसैगरी सुर्नया गाउँपालिका-५ मा रहेको फाल्ङासैन मन्दिरमा पनि राँगा तथा बोकाको बलि दिइएको छ।

मंगलबार नवमीको दिन पनि जिल्लाको शिवनाथ गाउँपालिकामा-५ मा रहेको उदयदेव मन्दिरमा बलि सहितको पूजाआजा हुने छ। अष्टमीको दिन रांगा तथा बोकाहरू बाँधिने छन् भने नवमीको दिन बलि सहितको जात्रा हुने छ।

यसैगरी पाटन नगरपालिका-६ मा रहेको उदयदेव मन्दिरमा पनि बलि सहितको जात्रा हुने गरेकामा यस वर्ष प्रभावित बनेको छ। मुख्य पुजारी मटेने जोशी परिवारमा सुतक परेको हुनाले जात्रा नहुने भनिएको थियो। तर, बलिका लागि दुई राँगा पुर्‍याइएको छ। मेला व्यवस्थापन समितिले राँगा काटिने वा नकाटिनेबारे केही जानकारी गराएको छैन।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.