दार्चुला – दार्चुलाबाट ४ लाख नगदसहित ११ जुवाडे पक्राउ परेका छन । महाकाली नगरपालीका–४ तिङ्करखेडाबाट ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीहरूको साथबाट चार लाख दुई हजार ३६० रुपैयाँ बरामद गरिएको छ ।

प्रेम सिंह बुढाथोकीको आफ्नौ घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा मार्दा दिउँसो साढे तीन बजे जुवाखालबाट पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् । प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
चाडपर्वको समयमा जुवातास खेल्ने तथा खेलाउने गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा यो वर्ष मात्र नभई विगतमा पनि प्रहरीले छापा मार्दा जुवाडेहरू पकाउ पर्ने गरेका थिए ।