दार्चुलामा राँगा काट्ने क्रममा नदीमा बगेर एक पुरुष बेपत्ता

 

दार्चुला – दार्चुलाको चमेलिया नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। सोमबार शैल्यशिखर नगरपालिका – १ का अन्दाजी ४० वर्षीय बहादुरसिंह बोहरा रागा काट्ने क्रममा चमेलिया नदीमा बगेर बेपत्ता भएका हुन्।

maya metro hospital

देथलास्थित भगवती मन्दिरमा लागेको अष्टमी जात्रामा राँगाको बलि दिन गएका उनी राँगो अचानक भागेर चमेलिया नदीमा पसेपछि राँगोलाई छोप्न नदीमा गएका थिए ।

joshi vada pasal 2

सोही क्रममा बोहरालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनीसँगै बगेको राँगो भने फेला परेको फेला परेको छ । बोहराको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.