डडेल्धुरामा बस र ट्रक जुध्दा १५ घाइते

अत्तरिया – कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाईते भएका छन् ।

maya metro hospital

डडेल्धुराको आलिताल गाउँपालिका – १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ठोक्किएको हो ।

दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.