२९ जनाद्धारा उम्मेदवारी फिर्ता

काठमाडौं – आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् ।

maya metro hospital

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता लिएको बताए । जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन् ।

joshi vada pasal 2

अब आयोगले उम्मेदवारी फिर्ता लिएका उमेद्वारहरु बारे समन्धित दललाई पत्राचार गरिने जनाएको छ । आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो ।

उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.