थारु समुदायले चाडपर्वमा विभिन्न विशेष प्रकारका खानेकुराहरू बनाउने गर्छन् । त्यसमा ढिक्री प्रायः चाडपर्वमा टुट्दैन । चाडपर्वमा मात्र नभई अरु कुनै माहोलमा पनि यो परिकारहरू बनाएर खान सकिन्छ ।

यसरी बनाउन सकिन्छ
आवश्यक सामग्री :
चामलको पिठो
पानी

बनाउने तरिका
यो सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । ढिक्री बनाउका लागि चामलको पिठो आवश्यक पर्दछ । चामलको पिठो अलि खस्रो र नयाँ धानको चामलको भए अझ स्वादिष्ट हुन्छ ।
पिठोलाई मज्जाले मुछ्ने र यसलाई आफ्नो मनपर्ने आकार दिने । लामो वा गोलो आकारमा बनाउन सकिन्छ । ढिक्रीलाई १५ देखि २० मिनेट उसिनेपछि यो खानका लागि तयार हुन्छ । यो तरकारी र अचारसँग खान मिठो हुन्छ ।