बैतडी – बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आइतबार जिल्ला अदालतभित्रै एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे/नगरेको विषयमा समेत अनुगमन गर्नेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता थियो ।