निङ्गलाशैनी मन्दिरमा आजदेखि जात्रा शुरु

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका – २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ । घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा जात्रा शुरु भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए ।

maya metro hospital

हरेक बर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलि सहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलि सहित मन्दिरमा जात्रा हुने गरेको छ ।

joshi vada pasal 2

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु समेत आएका बोहराले बताए । नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.