अत्तरिया चोक परिक्रमा गरेर सेनाले भित्र्यायो फुलपाती

अत्तरिया – कैलालीको तेघरी स्थिति नेपाली सेनाले फुलपाती भित्र्याएको छ । सेनाले धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट फुलपाती भित्र्याएको हो ।

maya metro hospital

सेनाले धनगढीबाट ल्याएको फुलपाती अत्तरिया चोकमा बाजागाजा सहित परिक्रमा गराएको थियो । धनगढीमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख अतिथ्यमा भएको एक कार्यक्रममा बिच कैलालीका बिभिन्न सुरुक्षा निकायले आज फुलपाती भित्र्याएका थिए ।

joshi vada pasal 2

आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन छ । देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.