भाषा कला संस्कृति जोगाउन जुट्दै गोदावरीका भल्मन्सा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका भल्नन्साहरु थारु भाषा कला संस्कृति जोगाउन अग्रसर भएका छन । उनीहरुले आफ्नो समुदायको परम्परादेखि चल्दै आएको भाषा कला संस्कृति जोगाउन बिभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन । थारु समुदायमा दशैं मनाउने आफ्नो मौलिक परम्परा रहेको छ । जसले गर्दा दशैं नजिकिएसंगै यो समुदायका अगुवाहरु दशैंको परम्परागत संस्कृतिलाई जोगाउन अग्रसर भएका हुन ।

maya metro hospital

सोही अवसरमा गोदावरीका भल्मन्साहरु मिलेर शनिबार ‘दशिया तथा देवारी’ बिशेष कार्यक्रमको आयोजना गरेका छन । सो कार्यक्रममा उनीहरुले थारु समुदायले दशैंमा बेला नाचिने सखिया लगायतका नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा छुट्टा छुटै भल्मन्साको टोलीले सखिया नाच प्रस्तुत गरेका थिए ।

joshi vada pasal 2

कार्यक्रममा थारु समुदायमा दशैंको परम्परागत प्रचलनका बारेमा जानकारी दिइएको थियो । बरघर भल्मन्सा नगर समितिका अध्यक्ष जनलाल चौधरीले थारु समुदायमा पनि असत्यमाथि सत्यको जित भएको अवसरमा दशै पर्व मनाईने बताए ।

‘रावणले तिन वटै लोकमा दुःख दिन थालेपछि राम अवतार भएर रावणलाई मारेको खुसिमा यो पर्व थारु समुदायमा मनाइन्छ’ उनले भने ‘थारु समुदायमा यो पर्वलाई मनाउने आफ्नै मौलिक परम्परा छ । दशैंको दिन थारु समुदायमा एक परिवारमा एकै किसिमको लुगा लगाउने गरिन्छ ।’ उनले थारु समुदायमा दसैँँमा सखिया नाचको विशेष महत्व हुने बताए ।

घटस्थापनाको दिनदेखि थारु समुदायमा पनि घर घरमा जमरा राखेर दशैं शुरु हुन्छ । उक्त समुदायमा जमरा मकैको राखिन्छ । महाष्टमीको साझ हरेक घर–घरमा पितृहरुको सम्झना गर्दै कुल देविदेउतालाई रक्सी, ढिक्री, खरौपैवा लगायत प्रसाद चढाइन्छ । सो अवसरमा कुभिण्डोको बलि दिईन चौधरीले बताए । थारु समुदायमा नवमीको दिन टीका र जमरा लगाउने प्रचलन छ ।

उक्त कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले नगर भित्र भएका सबै भल्मन्सा एकजुट भएर कार्यक्रमको आयोजना गरेकोमा खुसि व्यक्त गरे । उनले यसरी एक जुट भएर थारु समुदायको संस्कृति संरक्षणमा ठूलो योगदान पुग्ने बताए ।

‘कार्यक्रममा थारु संस्कृति संग जोडिएका नृत्य प्रस्तुत गरिएका छन’ उनले भने ‘यसले यस समुदायको संस्कृति संरक्षणमा ठूलो योगदान पु¥याउन्छ ।’ उनले जनसंख्याको आधारमा पनि कैलाली कञ्चनपुरमा ठूलो संख्या थारु समुदायको भएकाले यसको संस्कृति जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले गोदावरी नगरपालिकाका वडा नम्बर ८ का श्रीपुर, फकलपुर, जोनापुर, मजगाउँ, बर्वट्टा, गेटी, हुँदै बास्कोटा, खैराना, मालाखेती सम्म ठूलो बस्ती थारु समुदायको रहेको बताउँदै उनले आजका मितिसम्म हामी एक अर्काबिच सदभाव कायम गरी बसेको बताए ।

कैलालीको गोदावरी नगरपलिका – १ विजौरामा आयोजना गरिएको उक्त कार्यक्रमको नार ‘थारु भाषा कला संस्कृति प्रथा हमार पहिचान, संरक्षण ओ संमद्र्धन करना हमार साझा अभियान’ राखिएको थियो ।

बरघर भल्मन्सा नगर समितिको आयोजनामा गरिएको उक्त कार्याक्रममा थारु भाषा, कला, संस्कृति झल्किने बिभिन्न प्रस्तुति राखिएका थिए । गोदावरी नगरपालिका मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा सह–प्रायोजकमा गोदावरी नगरपालिकाका वडा कार्यालय, जय लक्ष्मी स्टोर अत्तरिया, एभेष्ट एकेडेमी अत्तरिया, गाउँले होटल अत्तरिया रहेका थिए ।

बरघर भल्मन्सा नगर समिति संयोजक जगतराम चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट रहेका थिए भने गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, थारु अगुवा, समाजसेवी राजनीतिक दलका प्रतिनिधि सहित स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.