बङ्गुरमा देखियो ‘क्लासिकल स्वाइन फिभर’

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा बङ्गुरमा क्लासिकल स्वाइन फिभरको प्रकोप देखापरेको छ । बङ्गुरमा ज्वरो आउने, चारो नखाने, छेर्ने, बान्ता गर्ने, कमजोर हुने र बिरामी भएको सातादेखि १० दिनमा मर्ने गरेको पाइएको हो ।

maya metro hospital

वडा नम्बर १ रानामुडास्थित सम्झना पशुपति तथा तरकारी फर्ममा पालिएको बङ्गुरको नमुना परीक्षण गर्दा क्लासिकल स्वाइन फिभर पुष्टि भएको कैलारी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका पशु सेवा शाखाका पशु चिकित्सक सूर्यप्रसाद चौधरीले सो बङ्गुरको नमुना परीक्षणका लागि काठमाडौँको खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । प्रयोगशालाको रिपोर्ट अनुसार सो फर्मका बङ्गुरहरूमा क्लासिकल स्वाइन फिभर पुष्टि भएको पशु चिकित्सक चौधरीले जानकारी दिए ।

joshi vada pasal 2

यसैबीच कैलारी गाउँपालिकाले बङ्गुरको मासु ओसारपसार नगर्न नगराउन आग्रह गरेको छ । गाउँपालिकाले सबै वडा कार्यालयहरूलाई पत्राचार गर्दै बङ्गुरको मासु ओसारपसारमा सजगता अपनाउन भनेको छ ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले मरेका बङ्गुर, बाख्रा, कुखुरालगायत जनावरको मासु नखान आग्रह गरेका छन् । उनले भने, ‘घरमा पालिएका सुंगुर, बङ्गुर, बाख्रा, माछा मरेपछि खाने गरिन्छ । अहिले क्लासिकल स्वाइन फिभर देखिएको छ । त्यसबाट व्यक्तिको स्वास्थ्यमा धेरै असर पार्न सक्ने भएकोले सचेत हुन जरुरी रहेको छ ।’

बङ्गुर मर्न थालेपछि वडा नं. ७ मा पालिका बङ्गुरमा एक हजार डोज भ्याक्सिन समेत दिइएको पशु चिकित्सक चौधरीले बताए । दसैँ लगत्तै सबै वडामा भ्याक्सिन दिने बताइएको छ । पशु चिकित्सक चौधरीका अनुसार क्लासिकल स्वाइन फिभर अत्यधिक सङ्क्रामक भाइरल रोग हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.