दिपायलबाट लागु औषधसहित बसका चालक पक्राउ

डोटी – डोटीको दिपायलबाट लागु औषधसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका–१ बस्ने २९ वर्षीय खडक बहादुर कलेल रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलेल बस चालक हुन् ।

joshi vada pasal 2

इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु.प.प्र.०१००१ ख २८२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.